काँग्रेस केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि मनोनयन दर्ता सुरु

२०८२ पुष २९, मंगलवार

काठमाडौँ : नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि मनोनयन दर्ता सुरु भएको छ। भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मनोनयन दर्ता सुरु भएको हो।

निर्वाचन समितिले सभापति पदको उम्मेदवारी दर्ता गर्न ३० हजार शुल्क तोकेको छ। त्यस्तै उपसभापति र महामन्त्रीका लागि २५ हजार र सह महामन्त्रीका लागि २० हजार शुल्क तोकिएको छ।

केन्द्रीय सदस्यका लागि १० हजार शुल्क निर्धारण भएको निर्वाचन समितिले जनाएको छ। निर्वाचन समितिका अनुसार उक्त शुल्क काँग्रेस विशेष केन्द्रीय महाधिवेशन निर्वाचन निर्देशिका २०८२ को अनुसूची ७ बमोजिम तोकिएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार