पार्टी फुटाउने अभियानमा सामेल हुँदिन : चन्द्र भण्डारी

२०८२ पुष २९, मंगलवार

काठमाडौँ : नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले आफू पार्टी फुटाउने अभियानमा सामेल नहुने बताएका छन् ।

पार्टी केन्द्रीय समितिको बैठकमा सहभागी हुन सानेपा पुगेका उनले सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै विभाजनको पक्षमा आफू नरहेको बताएका हुन् ।

आजको केन्द्रीय समिति बैठक कांग्रेस विशेष महाधिवेशन पक्षधरले बहिष्कार गरेका छन् । भण्डारी आइतबार विशेष महाधिवेशनको उद्घाटन समारोहमा पुगेर सम्बोधनसमेत गरेका नेता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार