प्रभु महालक्ष्मी लाइफको नवौँ वार्षिक साधारणसभा सम्पन्न

२०८२ पुष २९, मंगलवार

काठमाडौं : प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको नवौँ वार्षिक साधारणसभा आज मंगलबार काठमाडौंमा सम्पन्न भएको छ। प्रभु महालक्ष्मी लाइफको सञ्चालक समितिका अध्यक्ष सम्झना अर्यालको अध्यक्षतामा सभा सञ्चालन भएको हो।

सभाले लेखापरीक्षकको प्रतिवेदनसहित गत आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदनपारित गरेको छ। सभाले गत आर्थिक वर्ष २०८१।८२ को वितरणयोग्य मुनाफाबाट शेयरधनीलाई हाल कायम चुक्तापुँजीको ८.४२१ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गरेको छ। जसमध्ये ४ प्रतिशत बोनस शेयर र ४.४२१ प्रतिशत नगद लाभांश (करसहित) वितरणको प्रस्ताव पारित भएको हो।

यसका साथै गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा–नोक्सान हिसाब र नगद प्रवाहलगायतका वित्तीय विवरण पारित गर्नुका साथै चालु आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गरेको छ।

कम्पनीले लाभांश वितरण प्रयोजनार्थ पुस २१ गते बुक क्लोज गरेको थियो। बुक क्लोजका आधारमा पुस २० गतेसम्म नेप्सेमा कायम शेयरधनीहरूले मात्रै लाभांश प्राप्त गर्न सक्नेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार