राष्ट्रिय वाणिज्य बैंकको २०औं वार्षिक साधारणसभा सम्पन्न

२०८२ पुष २९, मंगलवार

काठमाडौं : राष्ट्रिय वाणिज्य बैंकको २०औँ वार्षिक साधारण सभा मंगलबार काठमाडौंमा सम्पन्न भएको छ।

साधारण सभाले आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन र २०८२/८३ का लागि लेखापरीक्षक नियुक्ति लगायतका प्रस्तावहरू पारित गरेको छ।सभामा बैंक सञ्चालक समिति, प्रमुख कार्यकारी अधिकृत, उपकार्यकारी अधिकृत, शेयरधनी र अन्य अतिथिहरू उपस्थित थिए। अध्यक्ष देव कुमार ढकालले बैंकले संस्थागत सुशासन र प्रविधिमा आधारित सेवामा जोड दिँदै ग्राहकलाई गुणस्तरीय सेवा प्रदान गरिरहेको बताए।

उनले बैंकले ग्राहकहरूलाई गुणस्तरीय सेवा प्रदान गर्न समयानुसार सेवा सुविधा परिमार्जन गर्दै, प्रविधिमा आधारित विभिन्न सेवाहरूमार्फत काम गर्दै आएको जानकारी दिए। साथै बैंकिङ क्षेत्रमा बढ्दो प्रतिस्पर्धासँग सामना गर्न आफ्नो प्रतिस्पर्धी क्षमता बढाउने र समयानुकूल कार्य पद्धति विकास गर्ने उद्देश्यले आन्तरिक नीति, नियम, निर्देशिका र कार्यविधिहरूमा आवश्यक परिमार्जन गर्दै आएको पनि उनले उल्लेख गरे।

बैंकले हाल ७७ जिल्लामा ३१२ शाखा, ७१ एक्सटेन्सन काउन्टर, ३२२ एटिएम र ९९ शाखा रहित बैंकिङ्ग मार्फत सेवा प्रवाह गर्दै आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार