सिन्धुलीको खुर्कोटमा ५७ हजार अमेरिकी डलरसहित एक जना पक्राउ

२०८२ पुष ३०, बुधबार

काठमाडौँ : सिन्धुलीको खुर्कोटबाट ५७ हजार अमेरिकी डलरसहित एक जना पक्राउ परेका छन्।

काठमाडौंबाट झापा जाँदै गरेको यात्रुबाहक बसलाई रातिको समयमा जाँच गर्ने क्रममा झापा निवासी युवराज नेवारको झोलाबाट उक्त रकम बरामद भएको प्रहरीले जनाएको छ।

शंका लागेपछि गरिएको खानतलासीमा ठूलो परिमाणको अमेरिकी डलर फेला परेको हो।

बरामद रकमको स्रोत खुल्न नसकेपछि नेवारलाई नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाइएको सिन्धुली प्रहरीले जानकारी दिएको छ।

घटनाबारे आवश्यक कानुनी प्रक्रिया पूरा गरी सम्बन्धित निकायसँग समन्वयमा अनुसन्धान भइरहेको जनाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार