अब एमालेलाई कसैले रोक्न सक्दैन : महेश बस्नेत

२०८२ माघ १, बिहीबार

काठमाडौं : नेकपा (एमाले) का सचिव महेश बस्नेतले अब एमालेले बहुमत ल्याउने वा सबैभन्दा ठूलो दल हुने कुरामा कसैले पनि रोक्न नसक्ने बताएका छन् ।

आज काठमाडौंमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो प्रतिकृया दिएका हुन् । यद्यपि नेपाली कांग्रेस विभाजन भएकोमा आफूहरु खुसी भने नरहेको उनले बताए । ‘बहुमत ल्याउने अथवा ठूलो दल हुने कुरामा एमालेलाई अब कसैले रोक्न सक्ने अवस्था छैन,’– उनले भने ।

साथै, उनले एमालेले ‘चुनावमा भाग लिँदैनौं’ भनेर कहिले पनि नभनेको बताए । उनले प्रहरी प्रशासनको मनोबल कमजोर रहेको, न्यायलय, सेनाको मनोबल पनि कमजोर रहेको र निर्वाचनको वातावरणसमेत नबनेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार