काठमाडौं महानगर प्रहरी प्रमुख पाण्डेले दिए राजीनामा

२०८२ माघ २, शुक्रबार

काठमाडौं : काठमाडौं महानगरािपलकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले राजीनामा दिएका छन् ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन लड्नका लागि उनले राजीनामा बुझाएको महानगरपालिकाको प्रशासन विभागका प्रवक्ता ध्रुवकुमार काफ्लेले जानकारी दिएका छन् ।

प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ समक्ष राजीनामा पत्र बुझाइए पनि स्वीकृति भने बाँकी छ । स्वीकृतिका लागि अधिकृत गुरागाईँले मेयर बालेन्द्र शाह (बालेन) समक्ष सिफारिस गर्ने प्रक्रिया अघि बढाउने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार