निर्वाचन आयोगको षडयन्त्रपूर्ण निर्णय मान्दैनौं : खड्का

२०८२ माघ ३, शनिबार

काठमाडौं : पूर्णबहादुर खड्काले निर्वाचन आयोगको निर्णय नमान्ने बताएका छन् ।

काँग्रेसको आधिकारिकता गगन थापा नेतृत्वको नेपाली काँग्रेसले पाएपछि खड्काले प्रतिक्रिया दिदै संविधान, दल सम्बन्धी ऐन र विधान विपरीत आयोगको निर्णय गाएको भन्दै आयोगले षड्यन्त्रपूर्ण निर्णय गरेको आरोप लगाएका छन् ।

उनले भने, ‘हामी वैधानिक र राजनीतिक लडाई लड्छौँ । यो निर्णय धेरै अगाडी सेटिंग भएको भन्ने कुरा आएको थियो र अहिले सोही अनुसार आएको छ । आयोगले आधिकारिक र कानुनी रूपमा एक पटक नबोलाएर निर्णय गरेको छ । प्रक्रिया र कानुनी रूपमा यो अवैधानिक छ । हामी यसलाई खारेज गर्छौँ ।’

उनले आफूहरूको आशङ्का अनुसार नै षड्यन्त्रपुर्वक निर्णय आएको बताए । खड्काले यो निर्णय अमान्य भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार