काठमाडौं : सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री जगदीश खरेलले तोकिएकै मितिमा प्रतिनिधिसभाको निर्वाचन हुने दाबी गरेका छन् ।
नेपाली कांग्रेसको विवादको कारण निर्धारित मितिमा चुनाव नहुने हो कि भन्ने आंशका बढिरहेको बेलामा सरकारको प्रवक्ताको यस्तो भनाई आएको हो ।
शुक्रबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्ने क्रममा उनले सरकारले निर्वाचन तोकिएकै मितिमा गराउनको लागि सबै तयारी पूरा गरिसकेको बताउँदै यसतो दाबी गरेका हुन् । उनले भने,‘फागुन २१ भन्दा यताउता हुँदैन । सरकार त्यही तयारीमा छ । निर्वाचन गराउने सरकारले मात्र होइन । आयोग, दल र सरोकारवाला छन् । निर्वाचन आयोगको निर्णयहरू पर्खिउँ म यत्ति भन्छु ।’





