झापा-५ मा नेकपाबाट रञ्जित तामाङ उम्मेदवार

२०८२ माघ ३, शनिबार

काठमाडौँ : नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि झापा-५ बाट रञ्जित तामाङलाई उम्मेदवार बनाएको छ ।

झापा-५ बाट एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह उम्मेदवार बन्ने चर्चा चलिरहेको बेला नेकपा संयोजक पुष्पकमल दाहालले युवा नेता तामाङलाई पार्टीको टिकट दिएका हुन् ।

तामाङलाई शनिबार आफ्नो निवासमा बोलाएर दाहालले प्रतिनिधिसभा उम्मेदवारको टिकट दिएका हुन् । आफूलाई संयोजक दाहालले टिकट दिएको तामाङले बताए ।

आफू जन्मेहुर्केको र पढेबढेको तथा राजनीतिक यात्रा झापा-५ बाटै सुरु गरेको बताउँदै तामाङले चुनावमा प्रतिस्पर्धा गर्ने बताए । ‘म झापा ५ को स्थानीय हो । जन्मिएँ, हुर्किएँ, राजनीतिक यात्रा यहाँबाट नै सुरु गरेको हो । कतिपय मान्छे कमल खोला र रतुवा खोला कता हो ? यो क्षेत्रको पूर्व-पश्चिम, उत्तर -दक्षिण थाहा नपाएका पनि यो क्षेत्रमा उम्मेदवार बन्न आइरहेका बेला म स्थानीय युवालाई पार्टीले तारा चुनाव चिह्नमा लड्न टिकट दिएको छ,’ तामाङले भने, ‘राजनीतिक यात्रा यो क्षेत्रबाट नै सुरु गरेको हो र राजनीतिमार्फत गर्ने सेवा पनि यहाँबाट नै गर्न चाहन्छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार