काठमाडौँ : कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीले आज काठमाडौँमा बृहत् मोटरसाइकल र्यालीकाे आयोजना गरेको छ ।
पार्टीको निर्वाचन परिचालन समितिको आयोजनामा र्यालीको आयोजना गरिएको हो । सो र्याली तीनकुनेबाट सुरु भई थापाथली, जमल, कमलपोखरी, गौशाला हुँदै तीनकुनेमा पुगी समापन हुने जनाइएको छ ।





