एनसेलको सहयोगमा ‘क्रियटर्स मेला’ तीन सहरमा आयोजना हुँदै

२०८२ माघ ३, शनिबार

काठमाडौं : एनसेलले नेपालका तीन सहरमा ‘क्रिएटर्स मेला’ आयोजना गर्न नेपालस्थित अमेरिकी दूतावाससँग सहकार्य गरेको छ।

निःशुल्क उपस्थिति जनाउन सकिने यो कार्यक्रमले नेपालमा बढ्दो क्रममा रहेका कन्टेन्ट क्रिएटरहरूलाई व्यावहारिक सिकाइ, व्यावसायिक सम्पर्क तथा सहकार्यका अवसरहरू प्रदान गर्नेछ। यो वर्षको क्रिएटर्स मेला माघ ३ गते चितवनबाट सुरु हुँदैछ। त्यसपछि यो कार्यक्रम माघ १० गने नेपालगन्ज र माघ १६ र १७ गते काठमाडौंमा आयोजना हुनेछ।

सन् २०२३ मा सुरु भए देखिनै क्रिएटर्स मेलाको साझेदारका रूपमा एनसेलले सहयोग गर्दै आएको छ। कार्यक्रमले नेपाली युवाहरूलाई कन्टेन्ट क्रिएशनमार्फत सशक्त बनाउने अनि डिजिटल नेपालको उद्देश्यमा टेवा पुर्‍याउने लक्ष्यलाई आत्मसाथ गर्दै आएको छ। ‘भिजन टु भेन्चर’ नारा रहेको यो वर्षको कन्टेन्ट क्रिएटर्स मेला सहभागीहरूका योजनालाई कार्यान्वयनयोग्य सीप तथा वास्तविक अवसरहरूमा बदल्नेमा केन्द्रित हुनेछ।

‘क्रिएटर्स मेलाका लागि अमेरिकी दूतावाससँग निरन्तर सहकार्य गर्न पाउँदा हामी खुसी छौँ। क्रिएटर्स मेलाले उदीयमान तथा स्थापित क्रिएटरहरूलाई डिजिटल कन्टेन्टको युगमा सबैभन्दा महत्त्वपूर्ण अनि प्रभावशाली सामग्री सिर्जना गर्न आफ्नो सीप तिखार्ने अवसर प्रदान गर्नेछ,’  एनसेलकी कर्पोरेट कम्युनिकेशन एन्ड सस्टेनेबिलिटी डाइरेक्टर विषाखा लक्ष्मी खड्काले बताईन् । ‘यो कार्यक्रमसँगै हामीले भिडियो प्रतिस्पर्धा पनि सञ्चालन गरेका छौँ जसमा दर्ता भएका सहभागीहरूले आफ्नो सीप प्रदर्शन गरेर पुरस्कार जित्न सक्छन्।’

विद्यार्थी अनि अझै सिक्ने चरणमै रहेका उदीयमान क्रिएटर लक्षित यो कार्यक्रमले क्रिएटरहरूलाई आफ्ना सामाग्रीलाई थप परिष्कृत गर्न, विश्वसनीय बनाउन अनि दिगो तथा रचनात्मक व्यावसायिक भविष्य तयार पार्न प्रेरित गर्ने कम्पनीले जनाएको छ। त्यसैगरी, अमेरिकाको नेपालस्थित दूतावासका सार्वजनिक मामिला प्रमुख माइक हार्करले क्रिएटर्स मेलाले सिर्जनात्मक क्रियाकलाप मार्फत नेपालको अर्थतन्त्र सुदृढ गर्न सहयोग पुर्याउने संयुक्त राज्य अमेरिकाको प्रतिबद्धता झल्काउने बताएका छन्।

‘देशभर ज्ञान, सीप र सञ्जाल विस्तार गरेर हामी उद्यमशीलता र रोजगारी सिर्जनालाई प्रवर्धन गरिरहेका छौँ। हामीले नेपाली क्रिएटरहरूलाई उनीहरूको प्रभाव स्थानीय स्तरमा मात्रै सीमित नगरी अमेरिकी व्यवसायीक साझेदार तथा विश्व बजारमा समेत सफलता प्राप्त गर्न सक्ने गरी तयार पार्ने छौं जसले गहिरो आर्थिक सम्बन्ध र साझा समृद्धिलाई प्रोत्साहन गर्छ,’ उनले थपे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार