काठमाडौं : रघुजी फिल्म्सको ब्यानरमा दुई फरक स्वाद र दुई फरक कथामा फिल्म ‘कालकट्टी’ र ‘काकाको बिहे’ निर्माण हुने भएका छन् ।
लेखक तथा निर्देशक अमरदीप सापकोटा र सञ्चारकर्मी रघुनाथ सापकोटाले फिल्म बनाउन लागेका हुन् । २०८३ सालमा फिल्म प्रदर्शनमा ल्याउने घोषणा उनीहरूको छ । यसबारे जानकारी दिन उनीहरूले थिम पोस्टर ल्याएका छन् । घोषित दुईमध्ये ‘कालकट्टी’ छायांकनतर्फ अघि बढ्ने तयारीमा छ । यसको छायांकन माघ अन्त्यदेखि सुरु हुनेछ ।
निसाल पौडेलको छायांकन हुने फिल्ममा भीम विष्टको संगीतकार हुनेछ । चलचित्रलाई आरआर फिल्म्सले देशब्यापी वितरण गर्नेछ । डिजिटल अधिकार ओएसआर डिजिटलले लिएको छ । ‘कालकट्टी’ को छायांकन सकिएपछि ‘काकाको बिहे’ को छायांकन हुने जनाइएको छ ।





