काठमाडौं : प्रतिनिधि सभा निर्वाचनका लागि एमालेबाट टिकट नपाएपछि केन्द्रीय सदस्य विष्णु रिजालले सार्वजनिक रूपमा असन्तुष्टि व्यक्त गरेका छन् ।
दैलेख–२ बाट पार्टीका कार्यकर्ता, जिल्ला र प्रदेश कमिटीको पहिलो रोजाइमा परे पनि नेतृत्वको निर्णयबाट उम्मेदवार बन्न नपाएको भन्दै उनले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गरेका हुन् ।
आफ्नो अभिव्यक्तिमा रिजालले पार्टीभित्र टिकट वितरणमा देखिएको प्रवृत्तिप्रति संकेत गर्दै ‘कसैसँग मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी हो’ भनेका छन् ।
राजनीतिमा तीन दशकभन्दा बढी समय सक्रिय रहेको उल्लेख गर्दै रिजालले आफूले कहिल्यै पनि व्यक्तिगत लाभ, आर्थिक सौदाबाजी वा सत्ताका लागि सम्झौता नगरेको दाबी गरेका छन् ।






