काठमाडौँ : प्रतिनिधिसभा निर्वाचनको उम्मेदवार चयनमा नेकपा एमालेभित्र तीव्र मतभेद देखिएको छ।
अध्यक्ष केपी शर्मा ओलीले गत महाधिवेशनका प्रतिस्पर्धी समूहलाई टिकट वितरणमा पाखा लगाएको भन्दै एमालेभित्र असन्तुष्टि चुलिएको हो। उपमहासचिव समेत रहेका योगेश भट्टराईको निर्वाचन क्षेत्रमै उम्मेदवार टुंग्याइएको छैन। त्यहाँ अध्यक्ष ओलीले नै उम्मेदवार टुंग्याउने सचिवालयले निर्णय गरेको उपमहासचिव लेखराज भट्टले जानकारी दिए।
काभ्रे–२ मा पनि उम्मेदवार टुंग्याइएको छैन। त्यहाँ निर्वाचन क्षेत्र र जिल्ला कमिटीले गोकुल बास्कोटाको एकल नाम पठाएको थियो। कैलाली–२ मा झपट रावलले पनि टिकट पाएनन्। अन्यत्र पनि महाधिवेशनका प्रतिस्पर्धी समूहलाई देखिने गरी पाखा लगाइएको छ। उपमहासचिव योगेश भट्टराईले निर्णय सुनेर विचलित नहुन अनुरोध गरेका छन्।





