बत्तिसपुतलीमा शेखर कोइराला पक्षको बैठक जारी

२०८२ माघ ४, आईतवार

काठमाडौँ : नेपाली काँग्रेसका नेता शेखर कोइराला पक्षको बैठक काठमाडौँको बत्तिसपुतलीमा बसेको छ।

भेलामा नेता शेखर पनि उपस्थित छन्। साथै नेताहरू धनराज गुरुङ, जीवन परियार, गोविन्दराज पोखरेल, रामकृष्ण यादव, दीपक गिरी, डिगबहादुर लिम्बु, दिनेश कोइरालालगायत पनि उपस्थित छन्।

निर्वाचन आयोगले विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई मान्यता दिएको छ।

निवर्तमान सभापति शेरबहादुर देउवा पक्ष यसको विरोधमा सर्वोच्च अदालतमा रिट दर्ता गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार