गोरखा–२ बाट चुनाव लड्ने बाबुरामको घोषणा

२०८२ माघ ४, आईतवार

काठमाडौँ : लोकतान्त्रिक प्रगतिशील पार्टीका संरक्षक डा.बाबुराम भट्टराईले गोरखा क्षेत्र नम्बर २ बाट उम्मेदवार बन्ने घोषणा गरेका छन् ।

पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले आइतबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै उनले यस्तो बताएका हुन् ।

चुनाव चिह्न खुलेको आँखा लिएर उम्मेदवारी दिने निर्णय गरिएको उनले बताए ।

देशको अन्योलपूर्ण राजनीतिक अवस्थाले सिर्जना गरेको राष्ट्रिय दायित्वबोधलाई ध्यान दिँदै आगामी आम निर्वाचनमा गोरखा–२ बाट उम्मेदवारी दिने निर्णयमा पुगेको उनले बताए । सबैबाट सहयोग र सद्भावको अपेक्षा गरेको समेत उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार