काठमाडौँ : कात्तिक ९ गते मन्त्री भएका बब्लु गुप्ताले राजीनामा दिएका छन् ।
उनी युवा तथा खेलकुद मन्त्री थिए । पछिल्लो समय उनी अमेरिका भ्रमणमा जाने विषय विवादमा परेको थियो । अमेरिका जाने विषयमा विवाद बढेपछि उनीसँग प्रधानमन्त्री सुशीला कार्की पनि असन्तुष्ट थिइन् ।
राजीनामा बुझाइसकेको छु, आज बिदा भएकाले दर्ता हुन पाएन, भाेलिसम्ममा स्वीकृत हाेला,’ बब्लुले भने ।









