काठमाडौँ : नेपाल सरकार गृह मन्त्रालयले नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक (डीआईजी) हरूको सरुवा गरेको छ।
प्रहरी प्रधान कार्यालयको मानवश्रोत विकास विभागले राष्ट्रिय किताबखाना (प्रहरी) लैनचौरलाई पत्र लेख्दै सरुवाको विवरण अभिलेखमा जनाउन आग्रह गरेको छ।
गृह मन्त्रालयको मिति २०८२ माघ ४ गतेको पत्रानुसार यो निर्णय कार्यान्वयनमा आएको हो।











