सुनको मूल्यमा नयाँ रेकर्ड, कति पुग्यो ?

२०८२ माघ ५, सोमबार

काठमाडौं : सोमबार छापावाल सुनको मूल्य ४ हजार २ सय रुपैयाँले बढेको छ ।

आइतबार, छापावाल सुनको मूल्य प्रतितोला २ लाख ७७ हजार ८ सय रूपैयाँ कायम भएकोमा आज ४ हजार २ सय रुपैयाँले बढेर २ लाख ८२ हजार रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबार चाँदीको मूल्य प्रतितोला ५ हजार ६ सय २५ रूपैयाँ कायम भएकोमा आज १८५ रूपैयाँले बढेर ५ हजार ८ सय १० रूपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार