जसपा महासचिव मोहम्मद इश्तियाक राई एमाले प्रवेश

२०८२ माघ ५, सोमबार

काठमाडौं : अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)का महासचिव मोहम्मद इश्तियाक राई नेकपा एमालेमा प्रवेश गरेका छन् ।

पूर्वमन्त्री समेत रहेका उनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले गएराति पार्टीमा स्वागत गरेका हुन् । सोही कार्यक्रममा जसपाबाट जसपा नेपालमा प्रवेश गरेका अर्का पूर्वमन्त्री प्रदीप यादव पनि एमालेमा प्रवेश गरेका थिए ।

प्रदीप र इश्तियाक दुवै केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्का सदस्य हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार