प्रधानमन्त्री कार्कीद्वारा सोनाम ल्होसारको शुभकामना

२०८२ माघ ५, सोमबार

काठमाडौँ : प्रधानमन्त्री सुशीला कार्कीले सोनाम ल्होसारको शुभकामना व्यक्त गरेकी छिन् ।

उनले भनकी छिन, “तामाङलगायत हिमाली, पहाडी आदिवासी जनजाति समुदायको राष्ट्रिय सांस्कृतिक पर्व सोनाम ल्होछार–२८६२, ता ल्हो (घोडा वर्ष) को पावन अवसरमा सबैमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।”

तामाङ समुदायको नयाँ वर्षको रूपमा प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाको दिन सोनाम ल्होसार पर्व मनाइन्छ । यस पर्वमा तामाङ समुदायमा कुल पूजा, प्रकृति पूजा र बुद्धका सन्देशको स्मरण गर्नुका साथै आफन्तजन भेला भई मनोरञ्जनका साथ आपसमा खुसी आदानप्रदान गर्ने चलन छ ।

नेपालका तामाङ समुदायसहित ह्योल्मो, थकाली, जिरेल, नेस्याङ्वा, भोटे, दुरा, लेप्चालगायत आदिवासी जनजातिहरूले उल्लासपूर्वक यो पर्व मनाउछन् । सोनाम ल्होसारमा प्रर्दशन गरिने मौलिक नृत्य, गीत, वाद्यसंगीत तथा परम्परागत परिकारलाई सांस्कृतिकको धरोहरको रुपमापनी हेरिन्छ ।रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार