काठमाडौँ : बढुवा समितिको सचिवालयले ५८ जना शाखा अधिकृतलाई उपसचिव पदमा बढुवा सिफारिस गरेको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सोमबार एक सूचना जारी गर्दै रिक्त रहेका उपसचिव पदमा कार्यक्षमताको आधारमा बढुवा सिफारिस गरिएको जनाएको छ ।
बढुवा समितिको आइतबारको निर्णयअनुसार नेपाल परराष्ट्र सेवा, (राजपत्रांकित द्वितीय श्रेणी) अन्तर्गत दुई जना, नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूह, (राजपत्रांकित द्वितीय श्रेणी) अन्तर्गत ३७ जना, नेपाल प्रशासन सेवा, लेखा समूह, (राजपत्रांकित द्वितीय श्रेणी) अन्तर्गत चार जना र नेपाल प्रशासन सेवा, राजस्व समूह, (राजपत्रांकित द्वितीय श्रेणी) अन्तर्गत १५ जना शाखा अधिकृतलाई उपसचिव पदमा बढुवा सिफारिस गरिएको हो ।












