शंकर पोखरेलले गरे दाङ-२ बाट मनोनयन दर्ता

२०८२ माघ ६, मंगलवार

काठमाडौँ : नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रतिनिधि सभा सदस्यका लागि मनोनयन दर्ता गराएका छन् ।

क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेका महासचिव पोखरेलले झाँकी जुलुस र बाजागाजासहित घोराहीस्थित निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गराएका हुन् ।

उनको प्रस्तावकमा केन्द्रीय सल्लाहकार परिषद् सदस्य शम्भु गौतम र समर्थकमा लुम्बिनी प्रदेश कमिटी सचिव लक्ष्मण आचार्य छन् ।

मनोनयन दर्ता पश्चात् सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै पोखरेलले देश र जनताका लागि आफ्नो उम्मेदवारी भएको बताए । दाङसँगै समग्र मुलुकको संवृद्धिमा सधैँ प्रतिबद्ध रहने उनको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार