मोरङ-६ मा शेखर कोइरालाले गराए मनोनयन दर्ता

२०८२ माघ ६, मंगलवार

काठमाडौँ : नेपाली काँग्रेसका प्रभावशाली नेता डा‍‍. शेखर कोइरालाले मोरङ निर्वाचन क्षेत्र नम्बर ६ बाट मनोनयन दर्ता गराएका छन् ।

आसन्न प्रतिनिधिसभा सदस्यका लागि आफ्नो उम्मेदवारी मनोनयन दर्ता गर्न विराटनगरस्थित निर्वाचन अधिकृतको कार्यालय पुगेर मनोनयन दर्ता गराएका हुन्।

उम्मेदवारी दर्ताका क्रममा कोइरालाको साथमा नेपाली काँग्रेसका नेता, कार्यकर्ता र समर्थकहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

यस अघि सोही क्षेत्रबाट नेकपा एमालेका तर्फबाट विनोद ढकालले मनोनयन दर्ता गराएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार