सिंगो राष्ट्र निर्वाचनको महाकुम्भमा होमियो : प्रधानमन्त्री

२०८२ माघ ७, बुधबार
काठमाडौं : प्रधानमन्त्री सुशीला कार्कीले सिंगो राष्ट्र निर्वाचनको महाकुम्भमा होमिएको बताएकी छन् ।
मंगलबार एक सन्देश जारी गर्दै कार्कीले यस्तो उल्लेख गरेकी छन् । मंगलबार मुलुकभर आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मनोनयनपत्र दर्ता भएको छ । सो कार्यमा उत्साहपूर्ण सहभागीता देखिएको भन्दै कार्कीले यस्तो जनाएकी हुन् ।

“निर्वाचन प्रक्रियामा देखिएको यस उत्साह र प्रतिबद्धताले राजनीतिक वृत्तमा मात्र नभई निजी क्षेत्र र समग्र अर्थतन्त्रमा समेत सकारात्मक ऊर्जा सञ्चार गरेको छ,” कार्कीले सन्देशमा भनेकी छन्, “अब मुलुकबाट अन्योल र अनिश्चितताको अवस्था पूर्णतः अन्त्य भएको छ । सिंगो राष्ट्र निर्वाचनको महाकुम्भमा होमिएको छ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार