काठमाडौं : अमेरिकाले मंगलबार चाटर्ड विमानमार्फत ८० जना नेपाली नागरिकलाई काठमाडौंमा फर्काएर डिपोर्ट गरेको छ।
अध्यागमन विभागका प्रवक्ता टिकाराम ढकालका अनुसार डिपोर्ट हुनेमध्ये ७९ जना पुरुष र १ महिला छन् । उनीहरू मध्ये केहीको कागजात हराएको, केही गैरकानुनी रूपमा बसोबास गरेको र अमेरिकाको अध्यागमन कानुन उल्लंघन गरेको पाइएपछि उनीहरू डिपोर्ट गरिएको हो ।
डिपोर्ट भएका नागरिकहरूलाई मानव बेचबिखन अनुसन्धान ब्युरोमा पठाइएको थियो । ब्युरोका अधिकारीहरूले उनीहरूसँग सोधपुछ गरी परिवारको जिम्मा लगाएका छन् । यदि कसैले गैरकानुनी रूपमा अमेरिका पठाइएको अनुभव गरेका भए, उजुरी दिन ब्युरोले आग्रह पनि गरेको छ ।





