काठमाडौँ : नेपाल प्रहरीका पदोन्नति प्रहरी उपरीक्षक (एसपी)हरुलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।
बुधबार आईजीपी दानबहादुर कार्कीले डीएसपीबाट एसपीमा बढुवा भएका १६ जना अधिकृतहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् । दर्ज्यानी चिन्हबाट सुशोभित हुनेहरूमा पुष्पराज मल्ल, धर्मराज भण्डारी, रबिन श्रेष्ठ, दिलिप कुमार गिरी, कुमार विक्रम थापा, बुद्ध श्रेष्ठ, मान बहादुर राई, मोहन बहादुर खाण, श्यामु अर्याल, भरत लामा, सागर बोहरा, रामकुमार दानी र छेदीलाल कामती छन् ।
यस्तै हरि बहादुर ओली, प्रदीप कुमार सिंह र दिपक भारतीलाई पनि दर्ज्यानी चिन्ह प्रदान गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।





