पूर्वप्रधानमन्त्री नेपालको उम्मेदवारीविरुद्ध उजुरी

२०८२ माघ ८, बिहीबार

काठमाडौं : नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधव नेपालको उम्मेदवारीविरुद्ध रौतहट निर्वाचन कार्यालयमा उजुरी परेको छ ।

उम्मेदवारी खारेजीको माग गर्दै बुधबार रौतहट मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उनी विरुद्ध उजुरी परेको हो । क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका पूर्वप्रधानमन्त्री नेपालविरुद्ध सोही क्षेत्रका स्वतन्त्र उम्मेदवार रामनरेश राय यादवले उजुरी दिएको मुख्य निर्वाचन अधिकृत मनोज केसीले बताए ।

उनका अनुसार आज स्वतन्त्र उम्मेदवार रायले नेता नेपालको उम्मेदवारी खारेजीको माग गर्दै उजुरी दिएका थिए यद्यपि उनको उजुरी भने दरपीठ गरिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार