महिला टी-२० : नेपाल आज नेदरल्यान्ड्ससँग भिड्दै

२०८२ माघ ८, बिहीबार

काठमाडौँ : आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोट अन्तर्गत नेपालले आफ्नो दोस्रो खेलमा नेदरल्यान्ड्ससँग आज त्रिवि क्रिकेट मैदानमा बिहान ९ बजे भिड्नेछ ।

नेपालले पहिलो खेलमा थाइल्यान्डसँग पराजित भएको थियो । कप्तान इन्दु बर्माले मिडल अर्डर कमजोर देखिएको र बलिङ पनि प्रभावकारी नभएको बताएकी छन् । तीन दिनको विश्रामपछि नेपालले कमजोरी सुधार्दै पहिलो अंक जोड्ने लक्ष्य राखेको छ ।

नेपाल समूह ‘बी’ मा छ र शीर्ष ३ मा पर्न कम्तीमा २ खेल जित्नुपर्ने अवस्था छ । नेदरल्यान्ड्सले एक जितले मात्र अघिल्लो चरणमा प्रवेश पक्का गर्नेछ ।

नेपालका प्रमुख खेलाडीहरू:

इन्दु बर्मा, पूजा महतो, सम्झना खड्का, बिन्दु रावल, रुबिना क्षेत्री, कविता कुँवर, रिया शर्मा, सोमु विष्ट, सीता रानामगर, काजल श्रेष्ठ, कविता जोशी ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार