चलचित्र ‘परिवर्तन’ले पायो पिजी सर्टिफिकेट

२०८२ माघ ७, बुधबार

काठमाडौं : माघ ९ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘परिवर्तन’ को सेन्सर पास भएको छ।

चलचित्र जाँच समिति (सेन्सर बोर्ड) ले यो चलचित्रलाई आज पिजी (प्यारेन्टल गाइडेन्स) सर्टिफिकेट दिएको हो। पिजी सर्टिफिकेट पाएसंगै अब यो चलचित्र हेर्नको लागि १६ वर्ष मुनिका बालबालिकाले अभिभावकलाई साथैमा लैजानुपर्ने छ।

यो चलचित्र निर्देशक विजय केरुङले निर्देशन गरेका हुन्। चलचित्रमा समसामयिक विषयवस्तु र राजनीतिक उथलपुथल भएकाले पिजी सर्टिफिकेट पाएको निर्देशक केरुङले बताएका छन् । केरुङका अनुसार केहि डर लाग्दा दृश्यका कारण १६ वर्षमुनिका दर्शकका लागी फिल्म हेर्न अभिभावक चाहिएको हो।

चलचित्रमा कलाकारहरु सुशील श्रेष्ठ, अञ्जना बराईली, सरोज खनाल, करिश्मा मानन्धर, बुद्धि तामाङ, हेमन्त बुढाथोकी र सुवास मेचेको मुख्य भुमिका रहेको छ। दिव्यासी फिल्म्सको ब्यानरमा निर्माण भएको यो चलचित्रलाई दीपक सिवाकोटीले निर्माण गरेका हुन्। निर्माता सिवाकोटीकै कथा रहेको चलचित्र को पटकथा तथा संवाद भने शिवम् अधिकारीले लेखेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार