सेनाको गाडी खोंचमा खस्दा १० सैनिकको मृत्यु

२०८२ माघ ८, बिहीबार

काठमाडौं : जम्मु–कश्मीरको डोडा जिल्लामा बिहीबार सेनाको गाडी सडकबाट खोंचमा खस्दा १० जना सैनिकको मृत्यु भएको छ।

दुर्घटना भादरवाह–चम्बा अन्तरराष्ट्रिय सडकअन्तर्गत खन्नी टुप्पो क्षेत्रमा दुर्घटना हुँदा गाडी सडकबाट तल खसेको छ । करिब ९ हजार फिट उचाइको सडकखण्डमा सेनाको बुलेटप्रुफ गाडीका चालकले नियन्त्रण गुमाउँदा दुर्घटनामा परेको हो ।

दुर्घटनापछि चार सैनिक घटनास्थलमै मृत फेला परेका थिए । ११ जना घाइते अवस्थामा उद्धार गरिएको स्थानीय अधिकारीले बताएका छन् । उद्धारपछि उपचारका क्रममा थप ६ जनाको मृत्यु हुदाँ मृतकको संख्या १० पुगेको अन्तराष्ट्रिय मिडियाले उल्लेख गरेको छ। सैन्य गाडीमा १७ जना सवार थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार