छत्तीसगढको स्टिल प्लान्टमा विष्फोट, ६ कामदारको मृत्यु

२०८२ माघ ९, शुक्रबार

काठमाडौँ : भारतको मध्य राज्य छत्तीसगढस्थित एक स्टिल प्लान्टमा भएको विष्फोटमा ६ जना कामदारको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन्।

रायपुरबाट करिब १०१ किलोमिटर उत्तर–पूर्वमा पर्ने बालोदाबजार–भाटापारा जिल्लाको बकुलाही गाउँमा रहेको उक्त प्लान्टको डस्ट सेटलिङ च्याम्बरमा विष्फोट भएको अधिकारीहरूले जनाएका छन्।

विष्फोटपछि तातो धुलो खस्दा कामदारहरू गम्भीर रूपमा जलेका थिए। घटनापछि प्लान्ट परिसरमा त्रास फैलिएको र बाक्लो धुवाँ तथा आगोका बीच कामदारहरू ज्यान जोगाउन बाहिर दौडिएको प्रत्यक्षदर्शीहरूले बताएका छन्। अधिकारीहरूले घटनाको विस्तृत अनुसन्धान सुरु गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार