काठमाडौँ : नेकपा एमालेका सचिव महेश बस्नेतले झापा-५ बाट रास्वपाका उम्मेदवार बालेन शाहले पाथीभरा मन्दिर पुगेर पूजापाठ गर्नु अनुचित भएको बताएका छन्।
उनले शाहलाई पितृशोक परेको भन्दै हिन्दु धर्मअनुसार करिब एक वर्षसम्म देवदर्शन, पूजा–पाठ तथा ठूला धार्मिक कर्म निषेध हुनुपर्ने धारणा राखेका हुन्।
शुक्रबार बिहान शाहले पाथीभरामा पूजा आराधना गरेका थिए। त्यसपछि बस्नेतले सामाजिक सञ्जालमार्फत हिन्दु संस्कारको दृष्टिले यस्तो गतिविधि अनुचित रहेको तर्क गरेका हुन्। आस्था निजी विषय भए पनि धर्मलाई चुनावी प्रचारको साधन बनाउनु संस्कारविपरीत र नैतिक रूपमा गलत हुने उनको भनाइ छ।






