गगन थापा सभापति बनेपछि पहिलोपटक पार्टी कार्यालयमा

२०८२ माघ ९, शुक्रबार

काठमाडौँ : विशेष महाधिवेशनबाट नेपाली कांग्रेसको सभापति चयन भएपछि सभापति गगन थापा पहिलोपटक पार्टी केन्द्रीय कार्यालय पुगेका छन् ।

उनी केहीबेरअघि पार्टी कार्यालय पुगेका हुन् । उनलाई आज बस्ने केन्द्रीय कार्यसमिति बैठकले प्रधानमन्त्रीको उम्मेदवार घोषणाको औपचारिक निर्णय गर्ने बताइएको छ ।

पार्टी कार्यालयमा बाक्लो संख्यामा नेता कार्यकर्ताहरूको उपस्थिति रहेको छ ।

गत पुस २७ गतेदेखि माघ १ गतेसम्म चलेको कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट थापा सभापति चुनिएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार