सहिद शुक्रराज शास्त्रीप्रति श्रद्धाञ्जली

२०८२ माघ १०, शनिबार

काठमाडौँ : सहिद सप्ताहको पहिलो दिन आज शुक्रराज शास्त्रीले प्रजातन्त्र स्थापनाका लागि प्राण उत्सर्ग गरेको स्थान टेकुमा स्मृतिसभा आयोजना गरिएको छ ।

काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोललगायत महानगरपालिकाका पदाधिकारी एवं स्थानीयले सहिद शास्त्रीको प्रतीमामा पुष्पगुच्छा चढाएर श्रद्धाञ्जली अर्पण गरेका थिए । त्यस अवसरमा कावा प्रमुख डङ्गोलले सहिद शास्त्रीको योगदानको चर्चा गर्नुभएको थियो ।

“बोल्नै नपाइने त्यो समयको सङ्घर्षले स्वतन्त्र भएर बोल्ने व्यवस्था दियो, हामी सहिदहरुप्रति आभारी छौँ”, सभामा वडा नं १२ का सदस्य पुष्परत्न प्रजापतिले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार