फिल्म ‘कुमारी’ को ट्रेलर सार्वजनिक

२०८२ माघ ११, आईतवार

काठमाडौँ : दिनेश राउतको निर्देशनमा निर्माण भएको लभस्टोरी फिल्म ‘कुमारी’ को ट्रेलर सार्वजनिक भएको छ। शनिबार साँझ भृकुटीमण्डपमा आयोजित भव्य कार्यक्रमकाबीच फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो।

लाइभ म्युजिकल कन्सर्टसँगै हजारौं दर्शकमाझ फिल्मको ट्रेलर सार्वजनिक गरिएको थियो। ट्रेलरमा फिल्मका मुख्य कलाकार आकृति राजभण्डारी र अभिषेक खड्काबीचको प्रेम र भावनात्मक उतारचढावलाई देखाइएको छ। आयोजित कार्यक्रममा ‘केहर सिंह लिम्बु एण्ड द लुङा’ सहितको विशेष सांगीतिक प्रस्तुति रहेको थियो।

शीर्ष कलाकारहरू आकृति र अभिषेकले फिल्मको गीतमा नृत्य समेत गरेका थिए। चर्चित केही कलाकारहरू समेत ‘कुमारी’ टिमलाई शुभकामना दिन भृकुटीमण्डप पुगेका थिए। फिल्मको टिमले यस कार्यक्रममा सबैलाई निमन्त्रणा गर्दै फिल्म र संगीतको विशेष उत्सवमा सहभागी हुन आग्रह गरेको थियो।

‘कुमारी’ मा आकृति र अभिषेकसहित घनश्याम जोशी, सुनिता श्रेष्ठ, आकांक्षा कार्की, मधु खड्का, सनम श्रेष्ठ, शकु शाह, सरोज लामिछाने, मनसा शर्मालगायत कलाकारहरूको अभिनय छ। महेन्द्र अधिकारी निर्माता रहेको फिल्मको लेखक विकास सुवेदी हुन् भने कार्यकारी निर्मातामा केदार भुसाल छन्। सुशन प्रजापतिको डिओपी रहेको फिल्मको सम्पादन सुप्रिम पराजुलीले गरेका हुन्।

फिल्म ‘कुमारी’ का गीतहरू समेत यतिबेला चर्चामा छन्। यो फिल्म यही माघ २३ गतेदेखि प्रदर्शनमा आउनेछ। फिल्मको ट्रेलर केन्द्र मोशन पिक्चर्सको युट्युब च्यानलमा हेर्न सकिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार