फागुन २१ पछि प्रधानमन्त्री गगन थापा : प्रकाश रसाइली

२०८२ माघ ११, आईतवार

काठमाडौँ : नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाश रसाइलीले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा आफ्नो पार्टीले बहुमत ल्याउने दाबी गरेका छन्।

आउँदो फागुन २१ गते हुने निर्वाचनबाट कांग्रेसले सुविधाजनक बहुमत हासिल गर्ने उनले दाबी गरेका हुन् । कांग्रेस एक ढिक्का भएर निर्वाचनमा होमिएको उनले बताए । पार्टीभित्रका आन्तरिक समूहलाई समेटेर समीकरण मिलाइएको उनले उल्लेख गरे। सबै तहका नेता एकताबद्ध भएर चुनावी अभियानमा लागेको उनको भनाइ छ ।

वर्तमान परिस्थितिमा देशलाई सम्हाल्न सक्ने नेतृत्व कांग्रेससँग रहेको बताए । अन्तर्राष्ट्रिय सम्बन्ध सन्तुलित राख्दै देश अघि बढाउन सक्ने क्षमता गगन थापासँग रहेको उनको दाबी छ। फागुन २१ पछि गगन थापा प्रधानमन्त्री हुने रसाइलीले बताएका हुन् । कांग्रेसले केन्द्रीय समितिको निर्णयअनुसार थापाको नेतृत्वमा निर्वाचनमा जाने उनले स्पष्ट पारे।

उनका अनुसार कांग्रेसले परिवर्तन र सुशासनको एजेन्डालाई मुख्य मुद्दा बनाउनुका साथै जेनजी पुस्ताका माग र युवाको आकाङ्क्षा सम्बोधन गर्ने दिशामा पार्टी अघि बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार