रुकुममा एमालेले जनार्दन शर्मालाई सघाउने

२०८२ माघ ११, आईतवार

काठमाडौं : नेकपा एमाले र प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)ले केही निर्वाचन क्षेत्रमा तालमेल गर्ने सहमति गरेका छन्।

जसअनुसार एमालेले रुकुम पश्चिम र रुकुम पूर्वमा प्रलोपाका उम्मेदवारलाई मतदान गर्ने भएका छन्। प्रलोपाबाट रुकुम पश्चिममा जनार्दन शर्मा र रुकुम पूर्वमा  सन्दीप पुनलाई एमालेले सघाउने भएको छ । दुई पार्टीबिच आइतबार तीनबुँदे सहमति भएको हो ।

त्यस्तै, कर्णाली प्रदेशका हुम्ला र जुम्लाबाहेकका जिल्लाहरू र पुरानो राप्ती अञ्चलका जिल्लाहरूमा प्रलोपाले एमालेका उम्मेदवारलाई  सघाउने भएको छ । सहमतिपत्रमा एमालेको तर्फबाट उपाध्यक्ष रामबहादुर थापा र प्रलोपाबाट अध्यक्ष दुर्गा सोबले हस्ताक्षर गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार