रामकुमारी झाँक्री राष्ट्रियसभा सदस्यमा निर्वाचित

२०८२ माघ ११, आईतवार

काठमाडौं : रामकुमारी झाँक्री लुम्बिनी प्रदेशबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित भएकी छिन् ।

आइतबार सम्पन्न भएको निर्वाचनमा नेकपा एमालेबाट महिला समूहतर्फ उम्मेद्वार बनेकी झांक्रीले निकटतम् प्रतिस्पर्धी नेपाली कम्युनिष्ट पार्टीकी दुर्गा कुमारी भण्डारीलाई पराजित गर्दै राष्ट्रियसभा सदस्यमा निर्वाचित भएकी हुन् ।

झाँक्रीले ६ हजार ३ सय ३ मतभार ल्याउँदा भण्डारीले १ हजार ३ सय ६२ मतभार प्राप्त गरिन् । झाँक्री र भण्डारीसँगै राष्ट्रियसभा सदस्यमा राष्ट्रिय जनमोर्चाकी पद्मा पण्डित पनि चुनावी मैदानमा उत्रिएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार