काठमाडौं : उज्यालो नेपालका १५ नेताले पार्टी छाडेका छन्। आइतबार विज्ञप्ति निकाल्ने उनीहरूले पार्टी परित्यागको घोषणा गरेका हुन्।
पार्टी छाड्नेहरूमा डा. विशालकुमार भण्डारी, डा. अभिषेकराज सिंह, डा. घनश्याम पाण्डे, डा. सागर ढकाल, विशाल गैरे, सरला लामिछाने, सुजन श्रेष्ठ रहेका छन्। त्यस्तै, कुशुम घिमिरे, क्षितिज भण्डारी, मीनराज आचार्य, रजिया बुनु, निर्देश सिलवाल, देवेन्द्र श्रेष्ठ र संजीव भट्टराई छन्।
उनीहरूको संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘यसलाई कुनै दलप्रति समर्थन वा विरोधका रूपमा नभई नागरिक चेतना र साझा हितको अभ्यासका रूपमा बुझिदिन अनुरोध गर्दछौँ।’





