आईसीसी महिला टी-२० : नेपालले स्कटल्यान्डसँग खेल्दै

२०८२ माघ १२, सोमबार

काठमाडौं : आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोटअन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले आज स्कटल्यान्डसँग खेल्दै छ ।

नेपाल र स्कटल्यान्डबीचको खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा विहान ९ बजेदेखि सुरु हुनेछ । नेपाली टोलीको कप्तानमा इन्दु बर्मा छन् भने स्कटल्यान्डको कप्तान क्याथरिन ब्राइस छन् ।

आईसीसी महिला टी-२०आई वरियतामा स्कटल्यान्ड ११औं स्थानमा छ भने नेपाल २१औं स्थानमा छ । तुलनात्मक रूपमा बलियो टोली स्कटल्यान्डविरुद्ध खेल्दा नेपाल जित्‍नैपर्ने दबाबमा हुनेछ ।

नेपाल पहिलो खेलमा थाइल्यान्ड तथा दोस्रो खेलमा नेदरल्यान्ड्ससँग पराजित भएको थियो भने तेस्रो खेलमा जिम्बाबेलाई हराएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार