कांग्रेस बन्यो राष्ट्रिय सभामा सबैभन्दा ठुलो दल

२०८२ माघ १२, सोमबार

काठमाडौँ : नेपाली कांग्रेस राष्ट्रिय सभामा पनि पहिलो दल बनेको छ।

आइतबार सम्पन्न राष्ट्रिय सभा चुनावमा नेपाली कांग्रेसका तर्फबाट ९ जना उम्मेदवार निर्वाचित भएपछि कांग्रेस पहिलो दल बनेको हो। एमाले र जसपासँग तालमेल गरेर कांग्रेसले १८ मध्य ९ सिट लिएको थियो, जसमध्यै सबै निर्वाचित भएका हुन्।

अब राष्ट्रिय सभामा कांग्रेस २५ सिटसहित पहिलो दल बनेको हो। यसअघि कांग्रेसको १६ सिट थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार