धनगढीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

२०८२ माघ १२, सोमबार

धनगढी : कैलालीको धनगढीमा सामान्य घरायसी विवादले उग्र रूप लिँदा एक महिलाको ज्यान गएको छ । आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा प्रहरीले धनगढी उपमहानगरपालिका–८ घर भई हाल वडा नम्बर १३ राजपुरमा डेरा गरी बस्ने सतिङ दाहाललाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार आइतबार राति ३० वर्षीया हिरा दाहाल र उनका श्रीमान् सतिङबिच घरायसी विषयलाई लिएर भनाभन भएको थियो । विवाद बढ्दै गएपछि सतिङले श्रीमतीमाथि निर्घात कुटपिट गरेका थिए । कुटपिटबाट गम्भीर घाइते भएकी हिरालाई तत्काल उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी लगिएको भए पनि उपचारकै क्रममा उनको मृत्यु भएको हो ।

श्रीमतीको मृत्यु भएको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको विशेष टोलीले सक्रियता देखाएको थियो । प्रहरीले अस्पताल परिसर नजिकैबाट सतिङलाई नियन्त्रणमा लिएको थियो ।

पक्राउ परेका दाहालमाथि ज्यान मुद्दामा थप कानुनी प्रक्रिया अगाडि बढाइएको र घटनाबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार