कस्तो रहनेछ आजको मौसम ?

२०८२ माघ १३, मंगलवार

काठमाडौँ : हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कोशी र मधेस प्रदेशको तराई भूभागका थोरै स्थानहरूमा तुवाँलो लागेको छ । देशको हिमाली भूभागमा आंशिक बादल लागेको छ र बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ।

आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा साधरणतया बादल लागि  बाँकी भूभागमा आंशिक बादल लाग्नेछ । कर्णाली र सुदूरपश्चिम  प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा तथा गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागको एक–दुई स्थानमा हल्का हिमपातसहित वर्षाको सम्भावना रहेको छ ।

साथै, कर्णाली र सुदूरपश्चिम प्रदेशको बाँकी भूभागको थोरै स्थानहरूमा चट्याङ्ग सहित हल्का वर्षाको समेत सम्भावना रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार