पूर्वमन्त्री बस्नेतसहित १६ जनाविरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ हुँदै

२०८२ माघ १३, मंगलवार

काठमाडौँ : टेरामक्स प्रविधि खरिद प्रकरणमा पूर्वमन्त्री मोहनबहादुर बस्नेतसहित १६ जनाविरुद्ध दायर भ्रष्टाचार मुद्दाको सुनुवाइ विशेष अदालतमा हुँदैछ ।

न्यायाधीश नारायणप्रसाद पौडेल, हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासमा मुद्दा पेशीमा चढाइएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अध्ययनबिनै निर्णय गरेर राज्यलाई ठूलो क्षति पुर्‍याएको आरोप लगाउँदै ३ खर्ब ५१ करोड रुपैयाँ बिगो मागदाबी गरेको छ ।

यस प्रकरणमा नेपाल दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्ष तथा सदस्यहरूमाथि पनि मिलेमतो गरी गैरकानुनी निर्णय गरेको आरोप छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार