काठमाडौँ : ओखलढुङ्गाको चिशंखुगढीमा लुटपाटपछि एक दम्पतीको हत्या भएको छ ।
चिशंखुगढी गाउँपालिका ६ को भदौरेस्थित बोहोरेमा स्थानीय चन्द्र विक्रम राई र चन्द्रमाया राईको हत्या भएको खबर आएको प्रमुख जिल्ला अधिकारी मेखबहादुर मग्रातीले जानकारी दिए ।
उनका अनुसार घट्नाबारे जानकारी प्राप्त भएपछि ओखलढुंगा जिल्लाका प्रहरी प्रमुखसहितको टोली त्यसतर्फ पठाइएको छ । लुटपाटपछि हत्या भएको हुनसक्ने स्थानीयले जानकारी गराएको प्रमुख जिल्ला अधिकारी मग्रातीको भनाइ छ ।
जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी नायब उपरीक्षक मदन केसीले घट्नाको खबर पाउनेवित्तिकै आफु घटनास्थलतर्फ लागेको जानकारी दिए । यसअघि पनि सोही पालिकामा २ जनाको हत्या भएको थियो ।





