काठमाडौँ : संसद पुनर्स्थापनाको माग गर्दै युवाहरुको एक समूहले काठमाडौंमा प्रदर्शन गरेका छन् ।
असंवैधानिक रुपमा विघटन गरेको संसद वैधानिक तवरबाट पुनर्स्थापना हुनुपर्ने भन्दै नागरिक युवा समाज नामक संस्थामा आवद्ध युवाहरुले मंगलबार काठमाडौंको माइतिघरमा प्रदर्शन गरेका हुन् ।
सर्वोच्च अदालतमा प्रतिनिधिसभा पुनर्स्थापनाको मुद्दा बिचाराधीन रहेको अवस्थामा संविधानको रक्षा गर्ने गरि आदेश आउने उनीहरुको विश्वास छ । उनीहरुले अदालतमा रहेका मुद्दाको छिटो फैसला हुनुपर्ने र बैधानिक तवरबाट संसद पुनर्स्थापनाहोस भन्ने आफूहरुको मुख्य माग रहेको जनाएका छन् । देशलाई विधिमा सञ्चालन गर्न पनि संसद पुनःस्थापना हुनुपर्ने उनीहरुको भनाइ छ ।
प्रदर्शनमा सहभागी युवाहरुले संविधान बचाउ, संसद फर्काउ, लुटिएको संसद फिर्ता गर, बिघठित संसद पुर्नस्थापना गर, लगाएतका प्लेकार्डसहित नारावाजी गरेका थिए ।





