रविले बालेनलाई हार्ने ठाउँमा चुनाव लड्न पठाए : पोखरेल

२०८२ माघ १३, मंगलवार

काठमाडौं : नेकपा (एमाले) का महासचिव तथा आसन्न निर्वाचनमा दाङ–२ का उम्मेदवार शंकर पोखरेलले रवि लामिछानेले बालेन शाहलाई हार्ने ठाउँमा चुनाव लड्न झापा–५ पठाएको दाबी गरेका छन् ।

उनले बालेन शाहले पब्लिक डिबेटको लागि गरिएको प्रस्ताव अस्विकार गर्नु नौलो कुरा नभएको बताए ।

सोमबार राति प्राइम टिभीबाट प्रसारण भएको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा कुराकानीमा उनले उनले भने,‘बालेन शाह कहिल्यैपनि सम्वाद गर्ने मान्छे होईन, तीन वर्षसम्म काठमाडौं महानगरमा रहँदाखेरि आफ्ना मतदातासँग सम्वाद गरेको देख्नुभयो र ? जब जनतासँग सम्वाद गरेको छैन, मतदातासँग सम्वाद गरेको छैन, यो फेशबुक, ट्विटरको माध्यमबाट स्टन्टबाजी गरेर प्राप्त गरेको लोकप्रियताको आधारमा सफल हुन्छु भनेर हिँडेको मान्छे सम्वादमा रुचि राख्छन् र ? बालेनको चरित्र नै सम्वाद गर्ने चरित्र होईन ।’

विगतमा आफूलाई जिताउन नसकेकोमा धेरै अवसर गुमाएको भनेर जनताले गुनासो गरेको बताएका छन् । यसपटक त्यो अवस्था रहनेछैन भनेर जनताले प्रतिबद्धता गरेको पनि उनले जनताको आवाज साझा गरे । उनले अहिले नेपालको राजनीतिमा पूरानो र नयाँ भनेर विभाजन ल्याउने कोशिस भएको टिप्पणी गरे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार