काठमाडौं : काठमाडौंको जमलस्थित सिद्दी भवन अगाडि तीन वटा सवारीसाधन एकआपसमा ठोक्किएका छन् ।
मोटरसाइकल, स्कुटर र माइक्रोबस एक आपसमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए । उनका अनुसार दुर्घटनामा एक जना घाइते भएका छन् ।
दुर्घटनापछि मोटरसाइकलमा आगो लागेको थियो । आगो नियन्त्रणमा आइसकेको भट्टराईले जानकारी दिए ।





